पूर्वमाओवादीहरुले जाजरकोटबाट दिए एकताको सन्देश
कोहलपुर – नेपाल कम्युनिस्ट पार्टीले भेरी कर्णालीका सबै जिल्लाहरुमा २८ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । २०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको सबै खाले शोषण,दमन र उत्पीडनबाट समाजलाई मुक्त गरी सर्वहारावर्गीय सत्ता जनवाद, वैज्ञानिक समाजवाद हुदै साम्यवाद स्थापना गर्ने उद्देश्यले जनयुद्ध सुरु गरेको थियो ।
सोही अवसरमा जनयुद्ध दिवसको सम्झना स्वरुप नेपाल कम्युनिष्ट पार्टीले भेरी कर्णालीका सबै जिल्लाहरुमा कतै र्याली त कतै कोणसभा कतै औपचारिक त कतै अनौपचारिक रुपमा विविध कार्याक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्दै यो दिवस मनाईएको छ । दिवसका अवसरमा नेपाल कम्युनिट पार्टीले भेरी कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट, बाँके र बर्दिया जिल्लामा औपचारिक तथा अनौपचारिक रुपमा विविध कार्यक्रमहरु गरेको छ ।
जाजरकोट
जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी (केन्द्र) ले जिल्लाको रिम्नामा संयुक्त रुपमा एउटै मञ्चमा जनयुद्ध दिवसको कार्यक्रम गरेका छन । जनयुद्ध दिवसको २८ औं वार्षिकोत्उवका अवसरमा फरक लाईनमा हिडिरहेका दुई कम्युनिस्ट पार्टीले एउटै मञ्चमा जनयुद्ध दिवस मनाउने कुराले सकरात्मक संदेश दिएको छ ।
¥याली सहितको सभामा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार मन्त्री मंगल शाहीले सम्वोधन गर्दै जनयुद्ध दिवस संयुक्त रुपमा मनाउनु नयाँ काम भएको वताए । नेपाल कम्युनिष्ट पार्टीका दक्षिण कर्णाली व्यूरो सदस्य संगमले जनयुद्धको उद्देश्य पुरा नभएकाले त्यसको उद्देश्य पुरा गर्ने बाटोमा सवै माओवादी लाग्नु पर्नेमा जोड दिए ।
उनले माओवादीहरुको एकता विना जनयुद्धको उद्देश्य पुरा हुन कठिन हुने भन्दै संसदीय वाटोबाट त कुनै पनि हालतमा जनयुद्धको मुद्धा समाधान नहुने ठोकुवा गरे । सवै माओवादीहरुले समिक्षा गरेर वैज्ञानिक समाजवाद ल्याउने बाटोमा लाग्नु नै जनयुद्ध प्रति सम्मान हुने उनको भनाई थियो । कार्यक्रमा नेकपा माओवादी केन्द्रका गगन खड्का, नेकपाका पश्चिम रुकुमका इन्चार्ज चन्द्र सी लगायतका नेताहरुको उपस्थिति रहेको पत्रकार कर्ण वस्यालले जनाएका छन् ।
कालिकोट
नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको माल्कोटमा भव्य जनसभाकावीच जनयुद्ध दिवस मनाएको छ । जनसभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्यूरो इन्चार्ज विवेकले सम्वोधन गर्दै जनयुद्धको उद्देश्य अझै पुरा नभएकाले जनयुद्धको उद्देश्य पुरा गर्ने बाटो एकीकृत जनक्रान्तिमा लाग्न सहभागीहरुलाई अपिल गरे । उनले कालिकोट जनयुद्धको समयमा आधार इलाका वनेजस्तै एकीकृत जनक्रान्तिको आन्दोलनमा पनि आधार किल्ला हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराटले दलाल संसदीय व्यवस्थाको जरो नै नउखेलेसम्म वैज्ञानिक समाजवादी व्यवस्था स्थापित नहुने ठोकुवा गरेका थिए । यस्तै नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवानले जनताको मुख्य दुश्मन दलाल संसदीय व्यवस्था भएको टिप्पणी गरे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अविचल लगायतका नेताहरुले नेकपा जनताको दुख र सुखसँग साथ दिने पार्टी भएको भन्दै सवै खाले अत्याचारका विरुद्ध संघर्ष गर्न नेकपा तयार भएको जिकिर गररे । नेकपाका जिल्ला सेक्रेटरी साहसीको अध्यक्षतामा सम्पन्न भएको जनसभा उल्लेखिय जनसभागीता रहेको थियो । कार्यक्रम सुरु हुनुपूर्व जनयुद्ध जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद ! जस्ता नाराहरु लगाउदै कार्यक्रम स्थल सेरापाटा माल्कोट सम्म र्याली निकालिएको थियो ।
बाँके
नेपाल कम्युनिष्ट पार्टी बाँकेले जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । कोहलपुर चौराहवाट र्लाली निकालि लोकनगर स्थित प्लान स्कुलमा सभामा परिणत भएको थियो । सभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिपले सम्वोधन गर्दै व्यवस्था परिवर्तन विना जनताको जनजीविकामा परिवर्तन नहुने वताए । उनले लघुवित्त र वैङ्कहरुले जनता र व्यवसायीकर्मीहरुलाई आत्महत्या गर्ने अवस्थामा पुर्याउने गरी सताएको भन्दै त्यस विरुद्ध नेकपा संघर्ष गर्ने चेतावनी दिएका थिए ।
उलेले जनयुद्ध भनेको जनताको आमुल परिवर्तनका लागि सुरु गरिएको भएपनि प्रचण्ड वावुरामहरुले गद्दारी गरेर जनयुद्धलाई विचमै तुहाएको आरोप लगाए । केन्द्रीय सदस्य रणदिपले जनयुद्ध नेपालमा एकीकृत जनक्रान्तिको रुपमा अहिले पनि जारी रहेको उद्घोष गर्दै नेपालमा एकीकृत जनक्रान्ति पुरा गरेर जनयुद्धको सपना नेपाल कम्युनिष्ट पार्टीले मात्र पुरा गर्ने दावी गरेका थिए ।
उनले कार्यक्रममा सहभागी सवैलाई २८ औं जनयुद्ध दिवसको शुभकामना दिदै जनतालाई विचलित नहुन आग्रह समेत गरे । कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य पूर्णीमा, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य रुपा शाही, जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विक, लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रम नेकपा बाँके सेक्रेटरी कल्पनाको अध्यक्षतामा भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा स्वतन्त्र वुद्धिजीवी कोहलपुर २ शक्तिनगरका जगन्नाथ विष्ट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश समेत गरेका थिए । यस्तै नेकपाले प्लान स्कुलको प्राङ्गढ सरसफाई समेत गरेको छ ।
सुर्खेत
नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पनि आज जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नेकपाले विशेष गरी सरसफाई तथा चियापान कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । जिल्लाको विरेन्द्रनगरमा शुभकामना आदान प्रदान गरि जनयुद्ध दिवस मनाईको छ । लेखबेसी नगरपालिमा जिल्ला सेक्रेटरी कामरेड जीत सीको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाएको छ । कल्याणमागाउँमा पनि एक कारयक्रमका बिच २८औ जनयूद्ध दिवस भब्य मनाइएको सर्खेतबाट पत्रकार जगदिशनाथ योगीले जनाएका छन् ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी को भ्रातृसंगठन अखिल (क्रान्तिकारी) सुर्खेत, मध्यपश्चिम बिश्वबिद्धालय कमिटी सुर्खेत र सुर्खेत बहुमुखी क्याम्पस कमिटी सुर्खेतले संयुक्त रुपमा २८औ जनयुद्ध दिवसको अवसरमा मध्यपश्चिम विश्वविद्यालय सरसफाई गरेका छन । विश्वविद्यालयको केन्द्रीय क्याम्पसको शिक्षा, मानवीकि व्यवस्थापन तथा बिज्ञान संकाय परिसरमा र सुर्खेत बहुमुखी शिक्षा क्याम्पसमा सरसफाइ गरिएको हो ।
दैलेख
नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज जिल्लाको ठाँटीकाँध गाउँपालिका ठाँटीकाँध वजारमा २८औं जनयुद्ध दिवसको अवसरमा भव्य कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज विवेक सीले सम्वोधन गर्दै नेपालमा जनयुद्धको कारणले राजतन्त्र अन्त भएर गणतन्त्र आए पनि जनयुद्धको उदेश्य पूरा हुन सकेको वताए ।
उनले दलाल सँसदीय व्यवस्थाको बिकल्पमा बैज्ञानिक समाजबादी व्यवस्था आवश्यक रहेको कुरामा जोड दिए । नेता विकेकले जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ता योद्धा, घाईते योद्ध प्रति उच्च सम्मान प्रकट गरेका थिए ।