सन्दिप लामिछाने बिर्साउने गरी कुशल भुर्तेलले रचे इतिहास

मंगलबार, २ फाल्गुन २०७९

काठमाडौं – सन्दिप लामिछानेलाई बिर्साउने गरी कुशल भुर्तेलले इतिहास रचेका छन् । भुर्तेलले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेर इतिहास रचेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा जारी नामिबिया विरुद्धको खेलमा भुर्तेलले ९९ बल खेल्दै ९ चौका र ४ छक्काको सहयोगमा १०० रन बनाएका हुन् । नामिबिया दिएको २८६ रनको लक्ष्य पछ्याउँदै नेपालले खेलिरहेको छ ।

कुशल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि रोहितकुमार पौड्यल, पारस खड्का र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।

नेपालले ४१ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २२९ रन बनाएको छ ।