मन्त्री अधिकारीको शुक्रबार गृहनगर पोखरामा अन्त्येष्टि गरिने

बिहिबार, १६ फाल्गुन २०७५

फागुन १६, काठमाडौं – बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृहनगर पोखरामा हुने भएको छ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अधिकारीको अन्त्येष्टि शुक्रबार उनको गृहनगर पोखरामा गर्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।

दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो। सातै शव श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा  राख्ने तयारी भइरहेको छ।