चेम्बरद्वारा लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं— ललितपुर स्थित लोत्से मलमा भएको घटनाका दोषीलाई अबिलम्व कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल चेम्बर अफ कमर्सले सरकारसंग माग गरेको छ । चेम्बरले व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लद्धारा जारी विज्ञप्तिमा शान्तिपुर्ण आन्दोलन एवं प्रर्दशन गर्ने अधिकार भएपनि आन्दोलनका नाममा उच्छृङखल गतिविधी, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि नभएको कुरा उल्लेख गरेका छन । औद्योगिक एवं व्यवसायिक क्षेत्रहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लले बताएका छन ।