नेकपा सुर्खेतद्वारा व्यवसायीसँग छलफल
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बैंक, लघुबित्त, मीटर ब्याजलगायत समसामयीक विषयमा उद्योग व्यवसायीहरुसंग संयुक्त छलफल गरेको छ। उद्योग वाणिज्य संघ सुर्खेत ,घरेलु तथा साना उद्योग व्यवसायी र नेपाल निर्माण व्यवसायी संघसंग नेकपा सुर्खेतले संयुक्त रूपमा छलफल गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको कार्यालयमा ईन्चार्ज धुर्ब सी र जिल्ला सचिव जीत सी जिल्ला संगठन समिति का सदस्य राजकुमार सी को उपस्थितिमा सो छलफल भएको नेकपा सुर्खेतले जनाएको छ ।
उक्त छलफल कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य सघंका लक्ष्मण कडेल, घरेलु तथा साना उद्योगका प्रतिनिधी ब्रम एडि ,नेपाल निर्माण व्यवसायी संघका चित्रनाथ योगीलगायतको सहभागिता रहेको थियो ।