पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तीको कुनै औचित्य नै छैनः देवप्रसाद गुरुङ
काठमाडौं— माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्तिको कुनै औचित्य नै नभएको टिप्पणी गरेका छन् ।
शाहले हिजो प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ती जारी गर्दै देश जोगाउनको लागि प्रजातन्त्रको लागि लडेका दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेका थिए । सो संगै पूर्वराजा शाहको विज्ञप्तीले माओवादीमा तरंग पैदा भएको छ । त्यसको भोलिपल्ट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ज्ञानेन्द्रसँग सहकार्य नगर्ने जवाफ दिएका हुन् ।
आज (आइतबार)प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ, तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’