एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्छः राजन भट्टराई

बुधबार, १० फाल्गुन २०७९

काठमाडौं— नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल पाल्पाले तानसेनामा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताए ।

केही नेताहरुले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधान्मन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताए ।

एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरे पनि उनले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुंगिएको बताए ।