पुरानै पाँच दलीय सत्ता गठबन्धन ब्युँताउने बाहेक अर्को कुनै विकल्प छैनः माधवकुमार नेपाल
काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुरानै पाँच दलीय सत्ता गठबन्धन ब्युँताउने बाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।
आज (बिहिबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्न सिंहदरबार आइपुगेका अध्यक्ष नेपालले सिंहदरबारबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल भइरहेको र सबै भन्दा राम्रो विकल्प चाहीँ पुरानौ गठबन्धन ब्युँताउने भएको बताएका हुन् । ‘राष्ट्रपति निर्वाचनलाई लिएर हामीसँग अनेक विकल्प छन्। तर तीमध्ये उत्तम भनेको पुरानो गठबन्धन ब्युँत्याउने हो,’– उनले भने ।
राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर दाहाल–नेपालबीच आज करिब डेढ घण्टा छलफल भएको छ ।