अबदेखि अत्यावश्यकका कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खुल्ने
काठमाडौँ – अबदेखि अत्यावश्यकका कार्यालय सार्वजनिक बिदाको दिनमा पनि खुल्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यकका सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेपछि सम्बन्धित कार्यालयहरु सार्वजनिक बिदाको दिन पनि खुल्ने भएको हो ।
एक मन्त्रीले मिडियासंग कुरा गर्दै अत्यावश्यकका सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको बताएका हुन् ।
उनका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यकका कार्यालय कुन कुन हुन भनेर सूचीसमेत तयार गर्ने निर्णय गरेको बुझिएको छ ।