बागमती प्रदेशमा राप्रपाका मन्त्रीले राजीनामा दिँदै

शनिबार, १३ फाल्गुन २०७९

काठमाडौं – बागमती प्रदेशका राप्रपाका मन्त्रीहरुले संयुक्तरूपमा राजिनामा दिने भएका छन् ।

राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापाले राजिनामा बुझाउनका लागि मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग समय मागिएको बताए ।

केन्द्रमा समीकणर परिवर्तन भएको र संघीय सरकारका मन्त्रीहरुले समेत राजीजानमा दिएका कारण पार्टीको निर्णय अनुसार सरकार छाड्न लागेको उनले बताए ।