राष्ट्रपतिमा सर्वसम्मत गर्न सकिए राम्रो हुन्छः प्रधानमन्त्री

आइतबार, १४ फाल्गुन २०७९

काठमाडौं— प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिमा सर्वसम्मत गर्न सकिए त्यो राम्रो हुने बताएका छन्।

माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको बताउँदै उनले नेकपा एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने बताए। ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार छन्। नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्।

‘चुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौं। तर म भिन्न तरिकाले प्रधानमन्त्री भएँ,’ गोरखाको बारपाक सुलिकोटमा आज भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भइयो। एमालेसँग पनि कुराकानी भइरहेको छ।’

उनले फागुन २५ गते हुने राष्ट्रपति चुनावसम्म राष्ट्रपतिमा सर्वसम्मत हुने अवस्था सिर्जना हुन सके त्यो राम्रो हुने बताएका थिए। ‘नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका लागि हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। प्रधानमन्त्री प्रचण्ड दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोट पुगेका हुन्। उनले आज पालुङटार पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम पनि छ।

मंसिर ४ को चुनावमा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वसम्मत गर्न सकिए त्यो राम्रो हुने बताएका छन्। माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको बताउँदै उनले नेकपा एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने बताए।

८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार छन्। नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्। ‘चुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौं। तर म भिन्न तरिकाले प्रधानमन्त्री भएँ,’ गोरखाको बारपाक सुलिकोटमा आज भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भइयो। एमालेसँग पनि कुराकानी भइरहेको छ।’

उनले फागुन २५ गते हुने राष्ट्रपति चुनावसम्म राष्ट्रपतिमा सर्वसम्मत हुने अवस्था सिर्जना हुन सके त्यो राम्रो हुने बताएका थिए। ‘नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका लागि हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। प्रधानमन्त्री प्रचण्ड दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोट पुगेका हुन्। उनले आज पालुङटार पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम पनि छ। मंसिर ४ को चुनावमा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।