ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण चैत्र १७ गते

मंगलबार, ९ फाल्गुन २०७९

काठमाडौँ – ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण आगामी चैत्रमा हुने भएको छ । करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्ट आयोजना गर्ने अवार्डको दाश्रो संकरण चैत्रमा हुने भएको हो ।

यो अवार्ड गत वर्षदेखि आयोजना गर्न थालिएको हो । लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई लागेर सफलता हासिल गरि देश विदेशमा नाम कमाउन सफल भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेसाकर्मीहरुलाई सम्मान गरिन्छ ।

दोस्रो संस्करणको अवार्ड कार्यक्रम आगामी चैत १७ आयोजना गरिने आयोजकले जनाएको छ । ३५ विधामा अवार्ड वितरण गरिने छ ।