सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं –  सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेसंगै सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको हो ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश पनि सदर गरेको छ ।

नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालतले त्यसलाई उल्टाएर सशर्त धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनमुति माग गर्दै निवेदन दिएका थिए ।