प्रधानमन्त्रीद्वारा एमालेका मन्त्रीहरुको राजिनामा स्विकृत
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका ८ मन्त्रीहरुको राजिनामा स्विकृत गरेका छन् । यो संगै प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालयको जिम्मेवारी थुप्रिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा (२) बमोजिम ८ मन्त्रीको राजीनामा स्वीकार गरी प्रधानमनत्रीलाई जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुस १० गते प्रधानमन्त्रीललाई समर्थन गरेको रास्वपा र राप्रपा पनि यसअघि सरकारबाट बाहिरिएको छ । एमाले नेतृत्वको ७ दलीय गठबन्धन भत्किएपछि अहिले ८ दलीय गठबन्धन बनेको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको चुनावअघि नै सरकारलाई पूर्णता दिने विषयमा आन्तरिक छलफलमा जुटिसकेका छन् ।