माओवादीले भन्यो, सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन सकिँदैन

शनिबार, २० फाल्गुन २०७९

धनगढी –  नेकपा माओवादी केन्द्रले तत्काललाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ। मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिन गइरहेको बेला माओवादीले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले बताएका हुन् ।

रावलले भने, ‘यथास्थितिमा अझै पनि विश्वासको मत दिने वातावरण बनेको छैन । त्यही कुराको निर्णय हामीले केन्द्रीय कार्यालयमा पठाएका छौं। केन्द्रको निर्णयको प्रखाइमा छौ ।’

माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्वसहित प्याकेजमा पावर सेयरिंग हुनुपर्ने माग राख्दै आएको छ ।