डा.भट्टराईको व्याङ्ग्य, अभागीलाई खानेबेला रिस उठ्छ भने झैं भयो माओवादीलाई

आइतबार, २१ फाल्गुन २०७९

काठमाडौं— नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी शक्ति कमजोर हुँदै आएको भन्दै अभागीलाई खानेबेला रिस उठ्छ भने झैं भयो माओवादीलाई भन्दै व्याङ्ग्य पनि गरेका छन्।

बाबुरामले भने, ‘भीरबाट लडेको ढुंगा झै हामी ओरालो लागेको छ लागेको छ। पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेपछि हामी कमजोर हुँदै गयौँ।’ अब माओवादी नयाँ ठाउँमा गएर एक हुनुपर्नेसमेत उनको भनाइ थियो। ‘हामी सबै अब नयाँ ठाउँमा जाउँ। माओवादी नयाँ ठाउँमा जानुपर्छ,’ उनले भने।

कम्युनिस्ट पार्टीमा आजीवन नेतृत्वमा बस्ने प्रवृत्ति अहिले पनि कायम रहेकोले त्यो त्याग्नुपर्ने बाबुरामको भनाइ थियो। ‘हामीले आत्मआलोचना गर्नैपर्छ। आजीवन नेतृत्वमा बस्ने, कुर्सीमै मर्ने स्टालिन शैली त्यागौ। त्यही माओले गर्नुभयो। यसले कम्युनिस्ट कमजोर भएको हो,’ बाबुरामले भने, ‘अब नयाँ पुस्ता आउनुस् त्यही भएर म चुनाव नलडेको। लडेको भए मलाई जनताले जिताएरै पठाउँथे। म हार्ने भएँ भनेर चुनाव नलडेको हैन। कति चोटि प्रधानमन्त्री हुनेरु एकचोटि भए पनि त्यही फोटो टाँस्ने हो अर्को चोटि भए पनि त्यही फोटो टास्ने हो।’

माओवादीको नाम राखेर फेरि पार्टी बनाउन ठीक नहुनेसमेत उनको तर्क थियो। अहिले बन्दुक बोकिराख्नुपर्ने अवस्थासमेत नरहेको बाबुरामले बताए।

‘मुल रुपमा हामी सफल भएका छौं। लाखौं मरेर सकिएको भए ठिक हुने थियो तरु भरुवा बन्दुक खोजीराख्नु जरुरी छैन। अहिले अर्टिफिसियल इन्टिलिजेन्स प्रयोग गर्न सक्छौ। घरमै बसेर लाखौंलाई अपिल गर्न सक्छौ,’ उनले भने, ‘फेरि माओवादी भनेर पुच्छर बनाएर पार्टी बनाउन आवश्यक छैन। माओ मरेकै ४० वर्ष भइसक्यो। फुर्कोहरु घेरेर राख्नहुँदैन।’

अहिले प्रधानमन्त्रीलाई मुद्दा लगाएर जिस्क्याउने कामसमेत भएको उनको भनाई थियो। ुजनयुद्धलाई अपराधीकरण गर्दैछ। बाहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको यो निहँ खोजेको हैनरु गिरफ्तार गर्ने भनेको जिस्कएको होइनरुु बाबुरामको प्रश्न थियो।