प्रचण्डको पक्षमा मियो झैँ उभियो कांग्रेस, भन्यो उनी विरुद्धको मुद्धा सर्वोच्चले हेर्न मिल्दैन
काठमाडौं – नेपाली कांग्रेसले ‘प्रचण्ड’ विरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ।
कांग्रेसले प्रचण्ड’ विरुद्ध परेको मुद्दा द्वन्द्वकालीन मुद्दा रहेक भन्दै द्वन्द्व कालिन मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान गर्नुपर्ने बताएको हो। ‘द्वन्द्वकालिन मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको तर्क थियो।’
कांग्रेस सचेतक लेखकका अनुसार ‘द्वन्द्वको बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ । त्यसमा हामीहरूको तर्फबाट पनि कमीकमजोरी भएको छ । तर, यसलाई संक्रमणकालीन न्यायको प्रबन्धबाटै गर्ने हो । यसलाई रेगुलर कोटबाट फौजदारीको रूपमा हेर्ने होइन ।’
सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको बताए ।
उनले भने, ‘सर्वोच्चको पछिल्लो आदेशले पनि द्वन्द्वकालमा भएको मुद्दाको संक्रमणकालीन न्यायको पद्धतिबाटै भन्ने कुरा आदेशले त्यो ठाउँ राखेको छ ।’
उनले यो विषय राज्यको साझा मुद्दा रहेको बताए ।