हाइड्रोजन गाडी चढ्दै प्रचण्ड

मंगलबार, २३ फाल्गुन २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भइरहेको र छिटै चढ्ने तयारी भइरहेको बताए ।

विकसित देशमा विस्तारै हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रुपमा बढिरहेको भन्दै प्रचण्डले नेपालमा झन् हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको बताए ।

देशमा विस्तारै हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रुपमा बढिरहेको भन्दै प्रचण्डले नेपालमा झन् हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको बताए । ‘हामी ग्रिन इनर्जीको प्रचुर सम्भावना भएको देश हो भने यो इनर्जीलाई हाइड्रोजनमा र हाइड्रोजनबाट तमाम उद्योग व्यवसायलाई हामी किन अगाडि नबढाउने

आफू प्रधानमन्त्री हुँदै गर्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोल गाडी नभई हाइड्रोजन गाडी चढ्न सुझाव दिएको पनि उनले खुलाए । ‘