महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण अपरिहार्य: देउवा
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसा विरुद्ध नारी जागरण आजको अपरिहार्यता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको अपरिहार्यता रहेको बताएका हुन् ।
शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएको भन्दै हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको देउवाको भनाइ रहेको छ ।
हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा— सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ,देउवाद्वारा जारी विज्ञप्तिमाम उल्लेख छ ।
महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु(याउने उनले विश्वास लिएक छन् ।