संसद् भवनमा लडेर सांसद न्यौपानेले लगाए टाउकोमा चोट
काठमाडौं—राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर टाउकोमा चोट लागेको छ।
मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन्। सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्। राष्ट्रपतिमा मतदान बिहान १० बजेदेखि जारी छ। राष्ट्रपतिमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेको सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।