लघुवित्त संस्था र मिटर ब्याजी पीडितद्वारा माइतीघरमा प्रदर्शन

मंगलबार, ३० फाल्गुन २०७९

काठमाडौं— मंगलबार काठमाडौंको माइतीघरमा लघुवित्त संस्था र मिटर ब्याजीबाट पीडितले प्रदर्शन गरेका छन्।

नेपालभरबाट आएका पीडितले सामूहिक रूपमा प्रदर्शन गरेका हुन्। लघुवित्त र मिटरब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेर उनीहरू प्रदर्शनमा आएका हुन्। उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर, सामुहिक ऋण मिनाह गर, निःशुल्क ऋण प्रदान गर लगातयका नारा लगाएका थिए।