राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर फेरियो
काठमाडौं— नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर फेरिएको छ । राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको फोटोसपबाट सम्पादीत पौडेलको तस्बिरलाई फेरिएको हो ।
तीन दिनअघि राखिएको उक्त तस्बिरको तीव्र आलोचना भए पछि आज फेरिएको हो । अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।
राष्ट्रपतिको तस्बिर प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी कार्यालयहरूमा समेत झुण्ड्याउने प्रचलन बसाइएको छ । यसअघि राष्ट्रपति विद्या भण्डारीको तस्बिर यत्रतत्र टाँग्ने गरिएका थिए भने अब उनको स्थान पौडेलले लिनेछन् ।