नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ल्यायो गज्जबको अफर

शुक्रबार, ३ चैत्र २०७९

काठमाडौं— नेपाल टेलिकमले आफ्नो गा्रहक वर्गको रुची एवं चाहनालाई ध्यानमा राख्दै आज देखि नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज लिएर आएको छ ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले शुक्रबार(आज) एक प्रेस विज्ञप्ति जारी गर्दै यो अफर नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने कुरा बताएका हुन। टेलिकमले रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न मिल्ने र अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने बतायो । टेलिकमको यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ ।

अधिकारीले, ‘प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध हुने, सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2#  डायल गर्नुपर्ने र कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने’ बताए ।