सन्दीपले पाए वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड

मंगलबार, २१ फाल्गुन २०७५

 

फागुन २१, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोली वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन्।

क्रिकेट खेलाडी संघ (सिप्यान)ले वर्ष २०१८–१९ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट एनसिसीएस–सिप्यान क्रिकेट अवार्ड प्रदान गरेको हो। सन्दीपले प्लेयर अफ द इयरुको उपाधि हात पारेको हुन्।

सो शीर्षकमा पाँच खेलाडी पारस खड्का, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी प्लेयर अफ द इयरको उपाधिका लागि मनोनयनमा थिए।