वैज्ञानिक समाजवाद ल्याउन युवाहरुको आग्रहण भुमिका हुन्छ : शिलु
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले वैज्ञानिक समाजवाद ल्याउन युवाहरुको आग्रहण भुमिका हुने बताएकी छन् । युवा संगठन नेपाल मध्य कमाण्ड स्तरीय प्रथम विस्तारित बैठकमा प्रशिक्षण मन्तव्य राख्दै नेतृ शिलुले यस्तो बताएकी हुन् ।
संगठनकी फ्याक्सन इन्चार्जसमेत रहेकी शिलुले वैज्ञानिक समाजवाद ल्याउन युवाहरुले आग्रहणी भुमिका खेल्नु पर्नेमा जिगिर गरिन् । ‘युवा भनेको आक्रमक जोस् जाँगार भएको शक्ति हो । युवाबाट दलाल, भ्रष्टाचारी डराउन पर्छ । जनता युवाबाट आशावादी हुनपर्छ ।’ उनले भनिन् ।
संगठनका केन्द्रीय अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य पाटन जंगलीले ७४ औं पार्टी दिवस व्यापक रूपमा मनाउन बताए । त्यसका लागि सबैलाई तयारीमा जुट्ने निर्देशन दिए । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका युवाहरूलाई उद्धार कार्यमा लाग्न र निराश भन्दा पनि उत्पादन क्षेत्रमा लाग्न सबै युवालाई निर्देशन दिए ।
बैठक अध्यक्षता गर्दै संगठनका महासचिव तथा मध्य कमान इन्चार्ज तिलक सीले संचालन गरेका थिए ।