मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा
काठमाडौँ – मन्त्रिपरिषद् पुनर्गठन र शक्ति बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी अनुरुप गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो ।
बुधबार प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । बालुवाटारमा अहिले साँझ साढे ५ बजेदेखि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् ।