माओवादी पदाधिकारी बैठक जारी, गठबन्धन दलहरुलाई कसरी मिलाउने भन्ने बारे छलफल हुँदै
काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ । मन्त्रिपरिषद विस्तारका साथै गठबन्धन दलहरुलाई कसरी मिलाउने भन्ने बारे छलफल गर्न बैठक बसेको नेताहरुले बताएका छन् ।
शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने एक नेताले जानकारी दिए ।
सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधिमात्र छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेका हुन् ।