यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैनः विष्णु पौडेल

आइतबार, १२ चैत्र २०७९

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने कुरा बताएका छन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने,’यो घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै भएको छ । यो गठबन्धनबाट देशको भविष्य छैन।’ उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । उनले भने ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिनुभयो।’

उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।