प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना
फागुन २२, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन्।
नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना भएका हुन्।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंहले प्रधानमन्त्री उपचारका लागि अस्पताल भर्ना भएको पुष्टि गर्दै आवश्यक परीक्षण भइरहेको बताइन्।