गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही

सोमबार, १३ चैत्र २०७९

काठमाडौं— मधेशी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको विरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।

हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य रुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुट सम्बन्धी सामाजिक सञ्जाल मार्फत प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरुले मधेशी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्नको लागि उजुरी दर्ता गराएका थिए।