सारङ्गी रेट्दै रमाए अर्घाखाँचीका गाइने समुदायसँग ओली

सोमबार, १३ चैत्र २०७९

काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गाइने समुदायसँग उनीहरुको बाजा बजाउँदै रमाइलो गरेका छन् ।

आज (सोमबार) अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै उनी स्थानीयसँग रमाएका हुन् । पार्टीको मिसन ग्रासरुट कार्यक्रममा सहभागी हुन उनी हिजो नै अर्घाखाँची पुगेका थिए ।