नेकपा एसका उपाध्यक्ष न्यौपाने र सदस्य जंगलीले छाड पार्टी

मंगलबार, १४ चैत्र २०७९

काठमाडौँ— नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडामणि जंगलीले पार्टी छाडेका छन् ।

उनीहरुले पार्टीको साधरण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । नेकपा (एस) को आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो ।