हामी मन्त्रीको नाम प्रधानमन्त्रीलाई पठाउँदैनौंः जगन्नाथ खतिवडा

बुधबार, १५ चैत्र २०७९

काठमाडौं— नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्रीको नाम प्रधानमन्त्रीलाई नपठाउने बताएका छन् । उनले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै सो कुरा बताएका हुन्।

आज बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले तीन मन्त्रालय पाउनुपर्ने बताए। ‘तीन मन्त्रालय हामीलाई दिनुपर्छ। तीन मन्त्रालय नपाएसम्म हामी मन्त्रीको नाम प्रधानमन्त्रीलाई पठाउँदैनौं,’ उनले भने, ‘हामीले धेरै त्याग गरेका छौं।’