फिनिक्स कलेजले गर्यो राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान

बिहिबार, १६ चैत्र २०७९

काठमाडौं— फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपालका राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई क्रिकेटको क्षेत्रमा उत्कृट प्रदर्शन गरेबापत अभिनन्दन कार्यक्रम मार्फत सम्मान गरेको छ ।

कलेजले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्मान प्राप्त गर्ने राष्ट्रिय टिमका खेलाडीहरू ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङ रहेको कुरा बताएको हो। अभिनन्दन कार्यक्रमका विशेष अतिथि क्रिकेट क्षेत्रका प्रख्यात राष्ट्रिय व्यक्तित्व तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान श्री पारस खड्काको उपस्थितिमा कलेजले प्रत्येक क्रिकेट खेलाडीलाई दोसल्ला, प्रशंसा पत्र र नगद रु. ५०००० प्रदान गर्दै सम्मान गरेको छ ।

सम्मानित क्रिकेट खेलाडीहरू पााँचैजना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रमको प्रमुख उद्देश्य खेलकुदमा उल्लेखनिय उपलब्धि योगदान पुर्याएका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने थियो । कलेजले यस कार्यक्रम मार्फत खेलाडीहरूको उत्कृट योगदानको उच्च कदर गदै प्रशंसा र कृतज्ञता प्रदान गर्यो। सम्मानित खेलाडीहरूले उनीहरूको शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेज गरेको सहयोगको खुलेर तारिफ गरे।

कलेजका प्राचार्य डा. फत्त बहादुर के.सीका अनुसार सम्मानित राष्ट्रिय क्रिकेट खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेघावि विद्यार्थी पनि भएको जानकारी गराए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षा प्रतिको उनीहरूको लगनले फिनिक्स कलेज अफ म्यानेजमेन्ट सम्पुर्ण विद्यार्थीहरूको पहिलो रोजाइ भएको जानकारी गराए । फिनिक्स कलेज अफ म्यानेजमेन्टका कार्यकारी निर्देशक लक्ष्मण पोख्रेलले राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई उच्च शिक्षा
हासिल गर्न उत्प्रेरित गर्न शतप्रतिश्त पूर्ण छात्रविृत्त उपलब्ध गराएको जानकारी दिए। एक शिक्षित खेलाडीले आफुलाई संसार र खेललाई राम्रोसँग बुझ्न सक्षम हुन्छ। त्यही कुरालाई मध्यनजर गर्दै, राष्ट्रिय क्रिकेट खेलाडी टोलीका खेलाडीहरूले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक अध्ययन गरेको पनि जानकारी गराए।