आफ्नै नेतासंग वार्ता गर्न एमालेलाई आइलाग्यो वार्ता टोलि नै गठन गर्नुपर्ने बाध्यता
काठमाडौँ – आफ्नै नेतासंग वार्ता गर्न एमालेलाई वार्ता टोलि नै गठन गर्नुपर्ने बाध्यता आइलागेको छ । पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पटक पटक भन्दापनी पार्टीको विधि विधान नमानेको कारण पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गरेर सहमतिमा पुग्नका लागि नेकपा एमालेलाई वार्ता टोलि नै गठन गर्नुपर्ने बाध्यता आइलागेको हो ।
उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन तिन सदस्यीय वार्ता टोली गठन गर्दै उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सहितको टोली बनाइएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।
एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुङ्गोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ ।
स्रोतका अनुसार एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । शनिबार बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए । रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
तर उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्पष्टीकरण नभएर सोधपुछ गर्नेबारे छलफल भएको बताए । केही दिन अघि उपाध्यक्ष विष्णु पौडेल अछाम गएपछि रावल पक्षधर नेता कार्यकर्ताले पौडेलविरुद्ध नारावाजी गरेका थिए । त्यसपछि नेता रावलले आफ्नै गाउमा आउदा पनि पौडेलले आफुलाई जानकारी नदिएको गुनासो गरेका थिए ।