कोसीमा जसपाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा)ले कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोसीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने स्पष्ट गरेका हुन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय नभएको भन्दै प्रदेश सरकारको बेग्लै महत्व रहेको बताए । भने, “केन्द्र र प्रदेश अधिकार सम्पन्न संवैधानिक संस्था हुन् ।”
उनले केन्द्रमा एउटा र प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित रहेको बताउँदै नेकपा ९माओवादी केन्द्र० र राप्रपा सरकारबाट नहटेसम्म कोसी प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको र सबै जटिल अवस्थालाई बुझेर जसपाले समर्थनलाई निरन्तरता दिने राईले बताए ।
कोसीमा जसपाका एक सांसदको सरकारलाई समर्थन छ । पार्टीकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री छिन् । एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएमात्र गठबन्धनको बहुमत पुग्छ । तर, बहुमत ४७ का लागि सभामुखको निर्णायक मत आवश्यक पर्ने भएकोले माओवादी नेताले समेत यही सरकारलाई समर्थन गर्ने अभिव्यक्ति दिइरहेका छन् ।