माओवादी निराश हुनु भनेको अहिलेसम्मको सम्पूर्ण उपलब्धिहरु ध्वस्त हुनु हो : महासचिव विप्लव
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसीले माओवादी निराश भए आजसम्मका सम्पूर्ण उपलब्धि ध्वस्त हुने बताएका छन् । नेकपा निकट श्रमिक समुदाय मोर्चाद्वारा आयोजित ‘सी’ जातिको अवधारणा विषेयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव विप्लवले माओवादीहरु निराश हुन नपर्ने, यदी माओवादीहरु निराश भए आजसम्मकै उपलब्धि ध्वस्त हुने बताएका हुन् ।
विचार गोष्ठीमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका विप्लवले एकीकृत जनक्रान्तिले ‘सी’ जातिको विकास गरेको भन्दै यसले समाजमा नयाँ तरङ्ग पैदा गरेको बताए । ‘अहिले चारैतिर माओवादीहरुमा निराशा जस्तो देखिने, हिनाताबोध गर्ने र व्यर्थमा १० वर्ष खेर फालिएछ भने जस्तो दृश्य देखिएको छ । यसमा हामी माओवादीहरु निराश हुन आवश्यक छैन । यदी हामी निराश भयौं भने आजसम्मकै सम्पूर्ण उपलब्धि ध्वस्त हुनेछन् ।’, गोष्टीलाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्धको लिडरले जातिय मुद्धा उठान गरेको भएपनि यसलाई नयाँ जातिको रुपमा विकास गर्न नसक्दा सान्ति प्रक्रिया पछि श्रमिक समूदाय पुरानै अवस्थामा पुग्यो । त्यसैले हामीले सबैका एउटै जाति बनाएका छौं ।’
‘हामीलाई निराश बनाउन ठूलो हमला हुँदै छ, हाम्रा बिरुद्धमा वासिङटन, दिल्ली, लन्डन, जुरिज, ब्रुसेल्ज सबै हाम्रा बिरुद्धमा लागेका छन्।’, उनले भने, ‘दस वर्षीय जनयुद्दको इतिहास भनेको सी जातिको इतिहास हो । महिलाहरुको इतिहास हो । उत्पीडितहरुको इतिहास हो । यसलाई कसैले चलाउन खोज्छ गिजोल्न खोज्छ, र आजसम्मको ऐतिहासिक उपलब्धीलाई नजर अन्दाज गर्न खोज्छ भने अर्को दश वर्ष तिनीहरुलाई ओलागो झोस्नु पर्छ।’
उनले सी जातिको बारेमा अझै व्याख्या आवश्यक भएको भन्दै यसमा विज्ञहरुका सुझाव दिन आग्रह गरे । जात व्यवस्थाको अन्त्यका लागि नेपाल कम्युनिस्ट पार्टीले नयाँ जातिको विकास गरेको भन्दै कम्युनिस्ट साम्यवादीहरु सबैले सी थर राख्न पर्ने बताएका थिए । ‘नेपाल अहिले पनि जातिय, वर्गिय क्षेत्रिय र सांस्कृतिक उत्पीडनमा परेको छ । दलाल पुँजीवादले यसलाई झन उत्पीडनमा राख्दै आफ्नो दवदवामा राखेको छ ।’, उनले भने, ‘यसको अन्त्यका लागि ‘सी’ जातिको अवधारण अगाडि आएको हो । यसले नेपालमा विद्यमान जात व्यवस्थाको अन्त्य गर्न मद्दत गर्ने छ ।’