एनएमबि बैंकद्वारा श्री जानकी आँखा अस्पतालमा रु १,५१,०००को चेक हस्तान्तरण

बुधबार, २२ चैत्र २०७९

काठमाडौं— एनएमबि बैंक लिमिटेडले सस्थांगत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा रु १,५१,००० । – को चेक हस्तान्तरण गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको कुरा बताएको हो । सो कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो । साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पदाधिकारीहरु समेतको उपस्थिीती रहेको थियो ।