सामाजिक सञ्जालमार्फत हुने कुनैपनि विज्ञापनको कर तिर्नुपर्ने
काठमाडौं – सरकारले सामाजिक सञ्जालमार्फत हुने कुनैपनि विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ ।
बिहीबार सत्ता गठबन्धनको तर्फबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।
विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउनका लागि विज्ञापनदाताले सञ्चारगृहको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था सहित सामाजिक सञ्जालमार्फत हुने कुनैपनि विज्ञापनको कर तिर्नुपर्ने प्रावधान लागुगरि विज्ञापन एजेन्सीले पाउने कमिसनलाई पारदर्शी बनाउने । सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनलाई करको दायरामा राख्नुपर्ने, मन्त्री शर्माले प्रस्तुत गरेको उक्त न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।