रायमाझीले गरे राज्यलाई अनुरोध, पीडित लाई न्याय दिलाउनुहोस्
काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य आलोक रायमाझीले नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्याउने भनी ८७५ जना सोझा नेपाली युवाहरूलाई ठगी गर्ने गिरोहले अर्वौ रुपैया ठगेको कुरा साच्चै लाजमर्दो भएको बताएका छन् । साथै उनले पीडित लाई न्याय र ठ्गहरु लाई कानुनी कठघरामा उभ्याउन राज्यको सबै तह र तप्का लाई जोडदार अनुरोध पनि गरेका हुन्।
उनले भने,’नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्याउने भनी ८७५ जना सोझा नेपाली युवाहरूलाई ठगी गर्ने गिरोहले अर्वौ रुपैया ठगेको कुरा साच्चै लाजमर्दो र दुःखद छ साथै यो घटनाले राज्यको भुमिकामा समेत प्रश्न चिन्ह खडा भएको छ । यो ठुलो ठगी प्रकरणमा गरिमामय ससद्का बहालवाला सदस्य समेत जोडिएको कुरा आम सञ्चार माध्यममा तथ्य सहित आएको छ यो घिन लाग्दो आपराधिक घटनाले नेपाली जनता मर्माहत र आक्रोशित भएका छन् । घरेलु पुजीवादी उपभोक्तावादी सस्कृतीको कुप्रभावको एउटा नमुना, यो प्रकरणमा जोडिएका अर्थवादी ठगवादी र घुसवादीहरु र ती मध्य एक सम्मानित ससदको सदस्य हुनु आफैमा लज्जास्पद विषय हो त्यसैले यो प्रकरणमा जोडिएकाहरु लाई सत्य तथ्य छानबिन गरि कारबाही गर्नको निम्ति पनि, ती सांसद लाई उक्त पद बाट तुरुन्तै निलम्बन हुनुपर्छ भन्ने मेरो साथै सम्पुर्ण न्यायप्रेमी नेपालीहरुको जोडदार माग रहेको छ । किनकि त्यो पदमा बसिरहदा यो घटनालाई कमजोर बनाउन मद्दत पुग्ने संभावना रहन्छ । पीडित लाई न्याय र ठ्गहरु लाई कानुनी कठघरामा उभ्याउन सबै तह र तप्का साथै स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु लाई दवाब सृजना गर्नुहुन म जोडदार अनुरोध गर्दछु ।’