कोशीका आन्दोलनकारीले बुझाए सभामुख गौतमलाई पुनः नामकरणको मागसहित ज्ञापनपत्र
काठमाडौं— कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत् पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुनः नामकरणको मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
५ वटा जातीय संस्थाहरूसहित आन्दोलन गरिरहेका विभिन्न संगठनहरूले चाँडै प्रदेशको पुनः नामकरण माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतले संयुतरूपमा पत्र बुझाएका हुन । पहिचानसहितको पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिङ थेगिम् नेतृत्वको टोली प्रदेशसभा पुगेको थियो ।