ढाकाकुमारले पार्टी सभापतिलाई स्पष्टीकरण दिन गरे अस्विकार
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई स्पष्टीकरण दिन अस्विकार गरेका छन् । सांसद ढाकाकुमारले पार्टीले स्पष्टीकरण सोधेको २४ घण्टा वितिसक्दा पनि उनले स्पष्टीकरण नदिइ अस्विकार गरेका हुन् ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद श्रेष्ठ विवादमा तानिएसँगै उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
उनलाई पार्टीले स्पष्टीकरण सोधेको २४ घण्टा वितिसक्दा पनि उनले स्पष्टीकरण दिएका छैनन् । उनले राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।