प्रचण्ड विरुद्ध मुद्दा लगाउनु सबै माओवादी विरुद्धको हमला हो: अनिल शर्मा
काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध जनयुद्धकालीन बिषयका मुद्दा लगाउने कुरा सबै माओवादी आन्दोलनका धाराहरु र ऐतिहासिक जनयुद्ध माथिको हमला भएको बताएका छन् ।
काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा सोमबार आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा धारणा राख्ने क्रममा नेता शर्माले यस्तो बताएका हुन् ।
“जनयुद्धका बिषयमा प्रचण्ड विरुद्ध मुद्दा लगाउने कुरा हामी सबै माओवादी माथिको हमला हो।हाम्रा बिचमा अरु कतिपय बिषयमा अन्तरहरु भएपनि जनयुद्ध विरुद्ध गरिने षड्यन्त्र विरुद्ध हामी एक भएर प्रतिवाद गर्नेछौँ( उनले भने(“राज्य जति निरंकुश हुँदै जान्छ, त्यति नै क्रान्ति नजिक आउँछ भन्ने होइन बरु जति बढी राज्यको निरंकुशतालाई रोक्न वा कमजोर गर्न हामी एक ठाँउमा आउन सक्छौं त्यति नै हाम्रो रणनीतिक उदेश्य नजिक आउनेछ।”
पुर्व सभामुख कृष्ण बहादुर महराको अध्यक्षतामा भएको कार्यक्रमको आयोजना नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र सहित ९ कम्युनिस्ट पार्टीले गरेका थिए भने बक्ताहरुले जनयुद्धलाई बिदेशी शक्तिको प्रभाव र देशलाई अन्त्यहिन द्वन्दमा फसाएर फाइदा लिन खोज्नेहरुको योजना अनुसार द्वन्दमा फसाउन षड्यन्त्र भैरहेको बताएका थिए।