केन्द्रीय समितिको बैठकमा सहभागी हुन ढाका पुगे पार्टी कार्यालय
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठकमा सहभागी हुन सांसद डा. ढाकाकुमार श्रेष्ठ पार्टी कार्यालय पुगेका छन् ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यसबारे निर्णय लिन अहिले रास्वपाको बैठक बस्न लागेको हो । रास्वपा समापति लामिछाने अहिलेसम्म आइपुगेका छैनन् भने अन्य नेताहरु आउने क्रम जारी नै छ । अरुनै कुनै कार्यक्रममा सहभागी हुन गएका सभापति लामिछाने केही समयमा आइपुगेपछि बैठक सुरु हुनेछ । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति लामिछानेलाई बुझाएको थियो । समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । त्यसबारे आजको बैठकले निर्णय गर्नेछ ।