आईक्यू एयरका अनुसार आज काठमाडौँ बन्यो विश्वकै दोस्रो प्रदूषित सहर
काठमाडौँ – डढेलोका घटनाहरू बढेसँगै काठमाडौँको वायु प्रदूषण उच्च भएको छ। विश्वभरका सहरहरूको वायु प्रदूषणको तथ्याङ्क राख्ने आईक्यू एयरका अनुसार आइतबार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित भएको हो ।
देशभर वर्षाको गतिविधि कम भएपछि राजधानी काठमाडौँमा लगाएत देशभर वायु प्रदूषण बढेको छ ।
आईक्यू एयरका अनुसार आइतबार बिहानैदेखि काठमाडौँको हावाको स्तर अस्वस्थ रहेको छ । बिहान ९ः३० बजेको तथ्याङ्क अनुसार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित रहेको छ ।
नेपालभन्दा अघि थाइल्याण्डको चियाङ माई सहरमात्र रहेको छ । प्रदूषण बढेसँगै जल तथा मौसम विज्ञान विभागले डढेलो र प्रदूषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।