बागमती खोला सफाइ गर्ने क्रममा भेटियो पेस्तोल

आइतबार, ३ बैशाख २०८०

काठमाडौं – काठमाडौंको बागमती खोला सरसफाइ गर्ने क्रममा पेस्तोल र म्याग्जिन फेला पारेको छ।

काठमाडौं महानगरपालिका ९ तिलगंगास्थित पहेँलो पुलमुनिबाट एक थान पुरानो पेस्तोल र उक्त पेस्तोलमा लाग्ने २ थान खाली म्याग्जिन बरामद भएको हो। बागमती सरसफाइ गर्ने क्रममा उक्त पेस्तोल र म्याग्जिन फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पेस्तोल कहाँबाट आयो कसको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।