परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

आइतबार, ३ बैशाख २०८०

काठमाडौं— नवनिर्वाचित परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठै पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै ५ मन्त्रालय उनकै काँधमा छ । यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।