विप्लवको पार्टीमाथि प्रतिबन्ध उचित होइन : गगन थापा
काठमाडौं । नेपाली काग्रेसका सांसद गगनकुमार थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध गर्नु गलत भएको बताएका छन्। अर्घाखाँचीको ठाडामा संचालन भइरहेको शैक्षिक धार्मिक महोत्सवमा नेता थापाले सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर नियन्त्रण गर्न खोज्नु गलत भएको बताए ।
उनले धर्म परिवर्तन गर्न हाम्रो विरुद्घमा लागेकाहरू गाउँ पसिरहेकाले सचेत हुन पनि सबैलाई आग्रह गरे।
यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रवादी नेताभन्दा देशभक्ति नेताको खाँचो भएको बताए। पौडेलले अरुलाई बद्नाम गरेर आफ्नो विचार थुपार्ने काम अधिनायकवाद भएको बताए। उनले कटाक्ष गर्दै राष्ट्रवादको निकै ठुलो नारा लगाउने तर राष्ट्रवादको नाममा माक्सलवाद आउँछ भनेर पढाउने यस्तो राष्ट्रवाद हामीलाई स्विकार नहुने बताए।