नेकपा एसका नेता नरेश ज्ञवालीले गरे पार्टी परित्याग
काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन् ।
नेकपा एमाले विभाजन हुँदा नेकपा एसतिर लागेका ज्ञवालीले अहिले भने विभाजनको औचित्य पुष्टि नभएको भन्दै पार्टी परित्याग गरेका हुन्। ‘विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भने । उनी एमालेको स्थापनाकालदेखि सक्रि नेता हुन् । ‘कोके, माले एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ’, उनले भने । ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।