बालेनलाई सर्वोच्चले दियो कडा आदेश– ३ दिनभित्र सिंहदरबारको फोहोर उठाईसक्नु
काठमाडौँ – सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ।
शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर ३ दिनभित्र उठाइसक्नु भनेको हो।
अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिद दर्ता गरेका थिए।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएसँगै केही दिनदेखि दुर्गन्ध बढेको छ।
यस्तो छ सर्वोच्चको आदेश
